काठमाडौँ – जिल्ला अदालत सर्लाहीले नाबालिगमाथी जबर्जस्ती करणी तथा बाल यौन शोषणको अभियोग पुर्पक्षका लागि कारागार चलान गारेका तपस्वी राम बहादुर बम्जनले छुट्टै कोठाको माग गरेका छन्।
महोत्तरीको जलेश्वर कारागार प्रशासनसंग बम्जनले छुट्टै कोठाको माग गरेका हुन्। बम्जनले सुत्नको लागि खाट र छुट्टै कोठाको माग गरेको बताइएको छ।
बम्जनले सुरुआती दिनमा छुट्टै सुत्ने खाट र कोठा माग गरे पनि कारागारले उनलाई सामूहिक रुपमै अन्य कैदी बन्दीसँगै राखेको छ। जलेश्वर कारागारका ५ सय ९३ जना कैदीबन्दी छन्।
कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दीलाई नै राख्न पर्ने बाध्यता रहेको हुँदा बम्जनको माग पूरा गर्न नसकिएको कारागार प्रमुख रामचन्द्र साहले बताए।
बम्जनले छुट्टै कोठाको माग गरेपनि उनलाई कारागार भवनको तेस्रो तलामा जेलकै सबैभन्दा सुविधासम्पन्न कोठामा राखिएको छ। सो कोठामा ७ जना नाइकेसँगै बम्जन बस्दै आएका छन्।
