• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जिप चोरी गरी चलाउँदै गरेको अवस्थामा गोविन्द पक्राउ


  • धनकुटा खबर
  • .

कास्की । कास्की प्रहरीले पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदै गरेका एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖