• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चीनबाट आएका भिक्षुहरुको जहाज भैरहवामा ओर्लन नसक्दा


  • धनकुटा खबर
  • .

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि चिनियाँ यात्रुहरु बोकेर आएको हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा ओर्लिएको छ ।

सन्चन विमानस्थलबाट १६७ जना यात्रु लिएर उडेको उडान नम्बर एच ९८५२ को विमान हिजो राति साढे १२ बजे गौतमबुद्ध एयरपोर्टमा अवतरण गर्नुपर्ने थियो । तर,जहाज अवतरण गर्नै लाग्दा त्यताको मौसम बिग्रिएपछि फर्काएर राति पौने १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइयो ।

लुम्बिनी घुम्न आएका १६७ जना बौद्ध धर्मावलम्बीलाई रातभर विमानस्थलमै राखेर आज बिहान हिमालयकै चार्टर फ्लाइटमा भैरहवा लगिएको छ ।

पौने १२ बजे एच ९–९८५२ नम्बरको चार्टर फ्लाइटमा उनीहरु सुरक्षित तवरले भैरहवा पुगेको जनाइएको छ । उनीहरूको स्वागतार्थ चिनियाँ राजदूत छन सोङ्ग हिजैदेखि लुम्बिनीमा प्रतीक्षारत रहेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖