• Friday 9th of October 2026

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान बने रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका रोहित शर्मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

अफगानिस्तानविरुद्ध बुधवार एक सय २१ रनको पाली खेल्दै रोहितले उक्त कीर्तिमान बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले हालसम्म ५ शतक बनाएका छन् ।

भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले समान ४ शतक बनाएका छन्।

पाकिस्तानका बाबर आजम र न्युजिल्यान्डका कोलिन मुन्रोको नाममा पनि ३/३ शतक छ।

टी-२० विश्वकपका लागि टोलीमा स्थान अन्योल भइरहेका बेला रोहितले लय समातेका हुन् ।

अफगानिस्तानविरुद्ध रोहितले रिंकु सिंहसँग मिलेर एक सय ९० रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖