• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

लाखौं घुस लिन बनेपाबाट आएका थिए भक्तपुर, अख्तियारको फन्दामा परे वडाध्यक्ष !


  • धनकुटा खबर
  • .

काठमाडौँ – लाखौं घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ। १५ लाख घुस रकम सहित काभ्रेक एक वडाध्यक्षलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादे रहेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट लिइएको हो।

बादे आफ्ना सहयोगी सहित बनेपाबाट घुस रकम लिनको लागि गठ्ठाघर आइपुगेका थिए। तर घुस रकम लिने बितिकै उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लियो।

अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖