• Tuesday 6th of October 2026

जब मुम्बई एयरपोर्टको रनवेमै बसेर यात्रुले खाना खाएको भिडिओ भाइरल भयो…


  • धनकुटा खबर
  • .

काठमाडौँ : मुम्बई एयरपोर्टको रनवेमा यात्रुले खाना खाएको भिडिओ भाइरल भएपछि एयरलाइन्स कम्पनी इन्डिगो र मुम्बई एयरपोर्टलाई भारी जरिवाना लगाइएको छ। उड्डयन नियामक ‘ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटी’ (बीसीएएस) ले इन्डिगोलाई १ करोड २० लाख रुपैयाँ (भारु) जरिवाना लगाएको छ।

मुम्बई एयरपोर्टको व्यवस्थापन गर्ने एमआईएएललाई कूल ९० लाख रुपैयाँ जरिवाना गरिएको छ। जसमध्ये बीसीएएसले ६० लाख रुपैयाँ जरिवाना लगाएको छ भने डीजीसीएले ३० लाख रुपैयाँ जरिवाना गरेको छ।

धावनमार्गमा खाना खाँदा के हुन्छ?
यो हप्ता सामाजिक सञ्जालमा एउटा भिडिओ क्लिप भाइरल भयो, जसमा केही यात्रु धावनमार्गमा बसेको देखिए। तीमध्ये केही मानिस खाना खाँदै गरेको पनि देखिए।समाचार एजेन्सी एएनआईले मंगलबार दिएको रिपोर्टअनुसार भिडिओ भाइरल भएपछि केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार राति मन्त्रालयका सबै अधिकारीहरूसँग बैठक गरे।

मंगलबार इन्डिगो र मुम्बई एयरपोर्टलाई कारण देखाऊ नोटिस जारी गरिएको थियो। तोकिएको समयभित्र जवाफ नदिए कारबाही हुने र आर्थिक जरिवाना समेत हुने समेत जानकारी गराइएको थियो।

आइतबार गोवा–दिल्ली उडान ढिलो भएपछि यसलाई मुम्बई एयरपोर्टमा डाइभर्ट गरिएको थियो। तर धेरै यात्रु विमानबाट बाहिर आएर रनवेमा बसे र कतिपयले त्यहीँ खाना पनि खाए। यो उडान आइतबार गोवाबाट उडेको थियो तर बाक्लो कुहिरोका कारण दिल्लीमा अवतरण हुन सकेन। त्यसैले विमानलाई मुम्बईतर्फ मोडियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖