• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यी ३ बार पैसा लेनदेन गर्नु मानिन्छ अशुभ


  • धनकुटा खबर
  • .

ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ ।

यसै कारणले गर्दा बार अनुसार मिल्ने फल पनि फरक हुन्छ। ज्योतिष शास्त्रको भनाई मान्ने हो भने ऋण लिनको पनि हप्ताका सबै दिन शुभ हुँदैनन्। ऋण लिन र दिनको लागि कुन बार कति शुभ ? हेर्नुहोस् !आइतबार : आइतबार हप्ताको पहिलो दिन हो। यस दिन सूर्यको प्रभाव अत्याधिक रहने मान्यता रहेको छ। यस दिन ऋण लिन मात्र नभई दिन पनि अशुभ हुने ज्योतिषशास्त्रको भनाई छ।

सोमबार: सोमबारको दिन विशेषतः चन्द्रको अधिक प्रभाव रहन्छ। सोमबार भगवान शिवको आराधना पनि गरिन्छ। कर्जा बारे चर्चा गर्नुपर्दा सोमबार कर्जा लिन र दिन धेरै नै शुभ मानिन्छ।मंगलबार: मंगलबार मंगल ग्रहको अत्याधिक प्रभाव हुने दिन हो। यस दिन भगवान गणेशको समेत आराधना गर्ने चलन छ। यस दिन ऋण लिने र दिने दुवै कार्य गर्न हुंदैन। यस दिन ऋण तिर्दा भने लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।
बुधबार : बुधको अधिपत्य भएको दिन हो बुधबार। बुधबार सकेसम्म ऋण लिन हुँदैन। यस दिन ऋण दिन पनि खासै शुभ रहँदैन।बिहिबार : बिहिबार वृहस्पतिको बढी नै प्रभाव रहने दिन हो। यस दिन ऋण दिन नहुने ज्योतिष शास्त्रको दावी छ। तर यस दिन ऋण लिनको लागि भने धेरै शुभ हुन्छ।

शुक्रबार : शुक्र ग्रहको प्रभाव अत्याधिक रहने भएको हुँदा यस दिनलाई शुक्रबार भनिएको हो। कर्जा लिन मात्र नभई दिन पनि यस दिन धेरै शुभ हुने ज्योतिष शास्त्र बताउँछ।शनिबार : शनि ग्रहको प्रभाव रहने यस दिन ऋण लिन र दिन हुँदैन। यस दिन लिएको ऋण तिर्न धेरै गार्हो हुने ज्योतिषीहरु बताउँछन्। यस्तै शनिबार अरुलाई कर्जा दिँदा नउठ्ने सम्भावना रहन्छ।

यसैगरी हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई धार्मीक र वास्तुका नियमहरु पालना गरेर बनाउनु उपयुक्त हुन्छ । वास्तुमा घर सम्बन्धी केहि टिप्सहरु दिएको छ । जसलाई पालना गरेमा घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्तहुने मान्यता छ ।

पर्खालको मोटाई : घर बनाउँदा यसको पर्खालमा विशेष ध्यानपुर्याउनु पर्ने हुन्छ । घरको दक्षिण र पश्चिमतर्फका पर्खाललाई उत्तर र पूर्वतर्फका पर्खालभन्दा केहि अग्लो र मोटो बनाउनुपर्छ ।सडकभन्दा अग्लो जमिन :घर बनाउने अभिप्रायले किन्नलागेको जमिनवा घर किन्दा सडक भन्दाअग्लो जमिन वा सडकको सतहभन्दा घर बनेको जमिनको सतहअग्लो भएको किन्नुपर्छ । यदि केहि गरी होचो भएमा त्यसलाई अग्लो बनाउने तर्फ लाग्नुपर्छ । अन्यथा, सडक सतहभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आइलाग्छ ।

दक्षिण पश्चिममा अग्ला रुख :घरको दक्षिण र पश्चिमदिशामाअग्ला रुख हुनुपर्दछ । घरका यी दिशामा अग्ला रुख भएमा दुर्भाग्य हट्ने, परिवारमा संकट आउने र सम्वृद्धि आउने मान्यता छ ।मध्यभागमा खाली: घरको मध्यभाग खाली हुनुपर्दछ । केहि गरी घर बनिसकेको भए, त्यस स्थानमा अन्य केहि वस्तु वा भार राख्नु हुदैँन । सकेसम्म यस्ता स्थानमा निर्माण कार्य गर्नु हुदैन, गर्नु परे पनि मन्दिर बनाउनु पर्दछ । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष : घरको महत्वपुर्ण कक्षका रुपमा भण्डार कक्षलाई मानिन्छ । तसर्थ यो कक्ष बनाउँदा दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ । यसो गर्नाले समृद्धिको बाटो खुल्ने मान्यताछ ।झ्याल ढोकाको सफाइ :घरको ढोका र झ्यालको नियमित सफाइ हुनुपर्छ । किनकि घरमा आउने धन यीनै मार्गबाट आउने मान्यता छ । यदी झ्याल ढोका सफा नभएमा धन प्राप्तिमा बाधा पुग्दछ ।

मुख्यद्वारमा सज्जा :घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई हमेशा सजाएर राख्नु पर्दछ । घर नम्बर वा निवास लेखेको भागमा सधै उज्यालो हुनुपर्दछ ।चराकालागी डुँड : मानिस झै अन्य प्राणी आफ्नो हरेक कुराको जोहो गर्न सक्दैन । तसर्थ घरमाअन्य प्राणीका लागी सम्भव नभएपनि कुनै एक भागमा चराहरू चारो वा पानी दिने डुँड बनाउनु पर्दछ । यसो गर्नाले त्यस घरमा सकारात्मक ऊर्जा र धनप्राप्तिको योग हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖