• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कालीमाटीबाट १८ लाख बराबरको धनमाल चोरी


  • धनकुटा खबर
  • .

काठमाडौं । राजधानीको कालिमाटीबाट १८ लाख १० हजार बराबरको धनमाल चोरी भएको छ ।

सोही स्थानमा डेरा गरी बस्ने धादिङ धुनवेसी गाउँपालिका-८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठाबाट ताला फोडेर नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖