• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

वन मन्त्रालयका सचिवको गाडीमा ढुङ्गा प्रहार, ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमा ढुङ्गा प्रहार गरिएको छ ।

बुधबार राति करीब १० बजेतिर धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा सचिव पौडेल सवार मन्त्रालयको सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले सचिव पौडेल बसन्ता क्षेत्रको निरीक्षण गरेर फर्किने क्रममा फूलबारीमा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको बताए ।

उनकाअनुुसार ढुंगा प्रहारबाट गाडीको पछाडिको भागमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन् । सचिव सवार गाडीमा ढुंगा प्रहार गर्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖