• Monday 5th of October 2026

राजेशपायलले स्टेजमा ‘लात्ति हानेको’ प्रचार भएपछि पत्नी साङबुङको डिफेन्स


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक पायल राईले स्टेजमा एक व्यक्तिलाई पछाडिबाट लात्ति हानेजस्तो देखिने एउटा भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यही भिडिओ क्लीप हेरेको भरमा केही मिडियाले हावादारी समाचार बनाएको भन्दै राजेशपायलकी पत्नी साङबुङ भड्किएकी छन् ।

साङबुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले समाचार लेख्दा सत्यतथ्य बुझ्ने बानीको विकास गर्न सुझाव दिएकी छन् ।

‘पत्रकारले पपुलारिटीको नाममा सत्यतथ्यलाई बिर्सिने बानी नगरौं, सत्यतथ्य लुकाउन पाइन्छ ? ठूलो मिडिया हो भन्दैमा जे पनि खेल्न मिल्छ ? पूरा भिडिओ हेर्न पर्दैन ? छोटो भिडिओको क्लीप काटेर बदनाम गर्ने काम नगर्नुस,’ उनले लेखेकी छन् ।

साङबुङ थप लेख्छिन्, ‘स्टेजमा गीत गाउँदा उठेर गाउने हो बसेर होइन । हातखुट्टा नचलाइ गीत गाइन्छ र पत्रकार ज्यू ? अनि दर्शकलाई गीत गाएर मनोरञ्जन दिँदा खुट्टा कता चल्छ, हात कता चल्छ भनेर बस्ने कुरा पनि हुँदैन होला नि ।’

साङबुङले सम्भवतः पहिलोपटक आफ्नो श्रीमानसँग जोडिएको कुनै पनि विषयमा सामाजिक सञ्जालबाट यसरी डिफेन्स गरेकी हुन् । स्मरणीय छ कि राजेशपायलले अहिलेसम्म पनि साङबुङलाई आफ्नो श्रीमतीका रुपमा सार्वजनिक गरेका छैनन् । यो जोडीको वैवाहिक सम्वन्ध धरापमा रहेको चर्चा पनि चल्दै आएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖