• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सडक भासिएर सिंगो बस्ती जोखिममा परेपछि शंखरापुरका मेयर नापितको दौडधुप


  • धनकुटा खबर
  • .

काठमाडौँ- मेलम्ची सहायक राजमार्ग अन्तर्गत शंखरापुर १ नाङ्लेमा सडक भासिएर बस्ती जोखिममा परेको छ । नाङ्लेस्थित गउरुङ टोलभन्दा माथि रहेको सडकको ग्याविन वाल भत्किएर लड्ने अवस्थामा पुगेपछि सडकमुनीका झन्डै १० घरपरिवार जोखिममा परेका छन् । अघिल्लो वर्षदेखि सडक भासिन सुरु गरेपनि गत वर्षायामदेखि झन्डै सय मिटर हाराहारी सडकको भाग भासिएर पहिरोको रुपमा खस्ने जोखिम अवस्थामा रहेको छ ।

बिहीबार शंखरापुर नगरप्रमुख रमेश नापितले सडक डिभिजन कार्यालय काठमाडौँमा प्रमुख नारायणदत्त भण्डारीलाई सो सडक भासिएर बस्ती जोखिममा परेको अवस्थाबारे ध्यानाकर्षण गराउँदै निर्माण गर्नका लागि आग्रह गरे ।

डिभिजन प्रमुख भण्डारीलाई नापितले भने,‘साँखु मेलम्ची सडक खण्डको नाङ्लेमा सडक भासिएर बस्ती जोखिममा पर्‍यो । पानी परेको बेला वृद्ध बच्चालाई लिएर घर छोडेर हिँड्नुपर्ने अवस्था रहेको छ । सडक नाजुक अवस्थामा पुगेको छ । सडकमुनी घर भएका जनताले सडकका लागि जग्गा पनि दिएका छन् तर सडकको अवस्था खतरनाक अवस्थामा छ । उनीहरु राम्रोसँग सुत्न सकेका छैनन् । त्यो सडक भत्केर क्षति भएमा त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्ने हुन्छ । कसरी हुन्छ चाँडो भन्दा चाँडो यो सडक निर्माण गर्नुप¥यो ।’

डिभिजन प्रमुख भण्डारीले सो सडक आयोजना संघबाट प्रदेशमा गएकोले काम गर्न समस्या भएको बताए । सो सडक अन्तर्गत यसअघि संघबाट ठेक्का लागेको तर गत साउनदेखि बागमती प्रदेश सरकार मातहत गएकोले सो सडक निर्माणको ठेक्का प्रदेशलाई बुझाउन तयार रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖