• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो ।

‘उहाँहरुले पुलमा विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने गरी जिम्मा लिनुभएको हो । तर, त्यस्तो नदेखिएपछि आज कारबाही स्वरुप जरिबाना तिराइएको हो,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖