• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मिटरब्याजपीडितले सीडीओ कार्यालयभित्रै कुटे साहु


  • धनकुटा खबर
  • .

सिरहाका मिटरब्याजपीडितहरूले जिल्ला प्रशासन कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन । विहीवार मिटरब्याजको विषयमा छलफलका क्रममा सिरहाको सीडीओ कार्यालयभित्रै कुटपिट भएको हो ।

कुटपिटबाट मिटरब्याज साहु सूर्यकुमार यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

ऋणी राजकुमार महतो र धनी सूर्यकुमार यादबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।

यादवबाट महतोले शुरूमा सात लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन–तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनका लागि पटक–पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖