• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एकाबिहानै दार्चुलामा बस दुर्घटना, घाइतेको संख्या १६ पुग्यो


  • धनकुटा खबर
  • .

धनगढी । दार्चुलामा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १६ पुगेको छ । महेन्द्रनगरतर्फ आइरहेको सुपप्र०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन् ।

उनीहरु सबै परिचय खुलेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसमा सवार दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका छन् ।

अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाइते हुनेहरु सबै दार्चुला, बैतडी र कञ्चनपुरका रहेका छन् ।

यी हुन् घाइतेहरु

बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा
बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल
दुहुँ गाउँपालिका– ५ बस्ने २३ वर्षीया कमला बम
निजको छोरा वर्ष ४ को हिमान्सु बम

महाकाली नगरपालिका–५ बस्ने ६० वर्षीया पशुपति टमटा
अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी
महाकाली नगरपालिका– ५ बस्ने १९ वर्षीया निरुता ओड
महाकाली नगरपालिका– १ बस्ने ३१ वर्षीय लालसिंह कार्की
बैतडीको मेलौली नगरपालिका–६ बस्ने २८ वर्षीय तारादत्त ओझा
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट(चालक)

मार्मा गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र धामी
दुहुँ गाउँपालिका–३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की
शुक्लाफाँटा नगरपालिका– १० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना
शुक्लाफाँटा नगरपालिका–१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना

-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖