• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

२ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ


  • धनकुटा खबर
  • .

राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ।

उनलाई अहिले राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको हो।

अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो । बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ।

अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖