• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

घरमा स्पाइडर प्लान्ट किन रोपिन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं– पछिल्लो समय केही इन्डाेर प्लान्टहरू घर भित्र रोप्ने चलन निकै बढिरहेको छ । हरेकका घरमा या अफिसमा कुनै न कुनै इन्डाेर प्लान्ट लगाएको देखिन्छ ।

आज हामी त्यस्तै अर्को इन्डाेर प्लान्टकाे बारेमा चर्चा गर्ने छौँ । त्यो हो स्पाइडर प्लान्ट । स्पाइडर भन्ने बित्तिकै धेरैको दिमागमा माकुरा याद आउने गर्छ बिलकुलै त्यस्तै देखिने प्लान्ट हो स्पाइडर प्लान्ट ।

यो बिरुवा घरमा रोप्दा यसले हावा शुद्धीकरण गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ । नासामा गरीएकाे एक अध्यायनले स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको पुष्टि समेत गरेको छ ।

यो बिरुवाले हावामा अक्सिजन बढाउन र विषाक्त पदार्थ फिल्टर गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ।

यसले कार्बन मोनोअक्साइड प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विषाक्त पदार्थलाई फिल्टर गर्न समेत निकै मद्दत गर्छ ।

मुटु सम्बन्धि रोग चिन्ता डिप्रेसनलगायतका समस्याहरुबाट पनि यो बिरुवाले टाढा राख्ने गर्छ ।

स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न समेत मद्दत गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖