• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष कैद सजाय


  • धनकुटा खबर
  • .

बैंकक । एक थाई नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा ५० वर्षको कारागार सजाय सुनाइएको छ। शाही अपमान कानुनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय भएको जनाइएको छ।

उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङकोल थिराकोटलाई सामाजिक सञ्जालमा स्टाटस लेखेर शाही अपमान गरेको आरोपमा ५० वर्षको कारागार सजाय सुनाएको हो। उनलाई तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो। तर, पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएको भन्दै लामो सजाय सुनाएको हो।

थाई लयर्स फर ह्युमन राइट्स (टीएलएचआर) अनुसार शाही मानहानीका लागि दिइएको सबैभन्दा लामो सजाय हो। यसले सन् २०२१ मा एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायलाई तोडेको छ। अनलाइन कपडा पसल सञ्चालक मोङकोललाई पहिलोपटक सन् २०२१ मा राजनीतिक बन्दीहरूको रिहाइको मागलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो। टीएलएचआरले मोङकोलको सजायविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖