धनगढी । भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत भेटिएका छन् । कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत फेला परेका हुन् ।
मृतक दिपकका दाजु इश्वर खड्काका अनुसार बुधवार रातिदेखि वेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको बताए ।
दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ । उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए ।
अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
