• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईँलाई चप्पल हान्नेविरुद्ध प्रहरीमा जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौं— नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईँलाई बिहीबार चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

प्रसाईँलाई चप्पल हान्ने बागलुङ बजारका जुत्ता व्यापारी ३८ वर्षीय रामकान्त गौतमविरुद्ध स्थानीय सुनिल श्रेष्ठले शुक्रबार जाहेरी दर्ता गराएका हुन् ।

‘बागलुङ नगरपालिका-२ स्थित लोकतान्त्रिक चोकमा आयोजित आमसभामा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँका शुभचिन्तकले माला लगाई कार्यक्रमस्थल तर्फ जाँदै गर्दा बागलुङ नगरपालिका-७ बस्ने ३८ वर्षीय रामकान्त गौतमले एक्कासि चप्पल प्रहार गरी अभद्र व्यवहार गरेकोले निजलाई कानुन बमोजिम कारबाही गर्न यो जाहेरी दरखास्त पेश गरेको छु,’ जाहेरीमा भनिएको छ ।

प्रसाईँमाथि हातपात गरेका गौतमलाई पक्राउ गरी बिहीबार नै जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
आफूमाथि हातपात प्रयासपछि प्रसाईँले फागुन १ पछि कडा आन्दोलन चलाउने बताएका थिए । उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताएका थिए ।

उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरेका थिए । प्रसाईँले आफू टाइटानिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖