• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

घरमा श्रीमती हुँदाहुँदै ८० पुरुषले भित्र्याए दोस्रो श्रीमती


  • धनकुटा खबर
  • .

सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ। २०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

साथै सो अवधिसम्म एक हजार दुई सय ८ महिला घरेलु हिंसाको सिकार भएको समेत आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै जबरजस्ती करणी एक सय ८९ र जबरजस्ती करणी उद्योगमा ६४ उजुरी दर्ता भएको पाइएको छ।उल्लिखित तथ्याङ्कलाई हेर्दा अझै पनि महिला अधिकार पूर्णतः संरक्षण हुन नसकेको देखिएको छ।

घरेलु हिंसा, जबरजस्ती करणी, बेचबिखन, बहुविवाह, छाउपडीप्रथा अहिले पनि विद्यमान छ। घरेलु हिंसामा व्यापक बढोत्तरी भइरहेको छ। समय र विकासक्रमसँगसँगै महिलामाथि हुने विभेद, हिंसाको प्रकार र रूप पनि फरक हुँदै गइरहेको छ। यौन दुव्र्यवहार, कुटपिटजस्ता घटनाहरूबाट महिलाहरू पीडित बन्न पुगेका छन्।

संविधान, कानुन र योजनाहरू महिलामैत्री भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा समस्या विद्यमान देखिएकाले कानुको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रणालीको विकास, जनचेतना, रोजगारी, शिक्षाजस्ता पक्षमा राज्य र सरोकारवालाहरू थप संवेदनशील भई अगाडि बढ्नुपर्ने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖