• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

८० वर्षका दुलाहा र ७० वर्षकी दुलही, छोराछोरीले गराईदिए बिहे


  • धनकुटा खबर
  • .

दार्चुला : दार्चुलामा पनाती पाइसकेका एक दम्पत्तीले बुढेसकालमा धुमधामसँग बिहे भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिका–६ मज्जे बस्ने ८० वर्षीय राइसिंह धामी र ७० वर्षीय बिन्दु धामीले बुढेसकालमा धुमधामसँग बिहे गरेका हुन्।

पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग बिहे गरेको पारिवारीक स्रोतले जनाएको छ। छोराछोरी, नाती, पनातीहरूले उनीहरूको बिहे गराइदिएका हुन्।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै विधि पूरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित बिहे गरेका बताइएको छ।

हिजो (शुक्रबार) बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती भगतसिंह धामीले जानकारी दिए।

दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖