• Tuesday 6th of October 2026

मुम्बईको २२ तले भवनमा भीषण आगलागी


  • धनकुटा खबर
  • .

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम सुरु गरेको जानकारीमा आएको छ।

यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖