• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसरी श्रीमानले नै गरे रड प्रहार गरी श्रीमतिको हत्या


  • धनकुटा खबर
  • .

दाङमा एक व्यक्तिले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।
तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्।

मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई जानकारी दिए।

घटना शनिबार राति सवा १० बजेतिरको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी अधिकारीका अनुसार पण्डुले श्रीमतिको हत्यापछि श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । त्यसपछि पुगेका दुई छिमेकी माथिपनि चौधरीले रड प्रहार गरी घाइते तुल्याएका थिए ।
छिमेकी एक युवा र युवती उपचार पछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖