• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

५० दिनको प्यारोलमा छुटे बलात्कार र हत्याका दोषी राम रहीम


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीम ५० दिनको लागि प्यारोलमा छुटेका छन् । बलात्कारको मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका राम रहीमलाई पछिल्लो २४ महिनामा सातौँ पटक प्यारोल दिइएको हो । जबकि पछिल्लो चार वर्षमा उनी नवौँ पटक प्यारोलमा छुटेका छन् ।

उत्तर प्रदेशको वाग्पतस्थित आफ्नो आश्रम पुगेपछि राम रहीमले भिडियो सन्देश जारी गर्दै आफ्ना अनुयायीहरूलाई उत्तर प्रदेश नआउन आग्रह गरेका छन् ।सन्देशमा उनले ‘राम मन्दिरको अभिषेकको अवसरलाई दीपावली जस्तै मनाउनुपर्छ’ भनेका छन् ।

बलात्कार र हत्याका दोषी राम रहीमलाई बारम्बार प्यारोल दिने विषयमा पनि प्रश्न उठिरहेका छन् । शिरोमणि गुरुद्वारा व्यवस्थापन समितिले पञ्जाब हरियाणा उच्च अदालतमा पनि याचिका दायर गरेको छ।

सन् २०१७ मा पञ्चकुलाको विशेष सीबीआई अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो। राम रहीमलाई जनवरी २०१९ र अक्टोबर २०२१ मा हत्याका दुई मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖