• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज स्वदेश फर्किदै प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ७ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन् ।

दोहाहुँदै नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा आयोजना भएको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड माघ ३ गते त्यसतर्फ प्रस्ताहन गरेका थिए ।

प्रधानमन्त्री दाहालले माघ ५ गते ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयमा शिखर सम्मेलनको सत्रलाई सम्बोधन गरेका छन्। सोही दिन प्रधानमन्त्री प्रचण्डले युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गरेके राजकीय भोजमा सहभागी भएका थिए ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖