• Friday 9th of October 2026

सानियाले गरिन् डिभोर्स


  • धनकुटा खबर
  • .

भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेट खेलाडी शोएब मलिकले डिभोर्स गरेका छन्।

भारतीय सञ्चारमाध्य बलिउड लाइफका अनुसार उनीहरू लामो समयदेखि अलग-अलग बस्दै आएका थिए। यसैबीच उनीहरूको सम्बन्ध विच्छेदको हल्ला फैलिएको थियो। तर उनीहरूले यस विषयमा केही खुलाएका थिएनन्।

शनिबार शोएबले पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेपछि उनीहरूको सम्बन्धविच्छेद भएको पुष्टी भएको हो।

सानियासँग बिहे हुनुअघि शोएबले आयशा सिद्दिकीसँग विवाह गरेका थिए। सानिया र शोएबको विवाह हुँदा निकै चर्चा भएको थियो। उनीहरूको विवाहलाई दुई देशबीच सम्बन्धको रूपमा हेरिएको थियो। तर उनीहरूले विवाहको १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन्।

सानिया र शोएबको एक छोरा छन्। ६ महिना डेट गरेपछि सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए।

पाकिस्तानी अभिनेत्री सनाको पनि यो दोस्रो विवाह हो। उनले सन् २०२० मा गायक उमैर जसवालसँग विवाह गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖