• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मदिरा खुवाएर किशोरीलाई चौरमै सामूहिक बलात्कार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक छन् ।

पाँचखाल नगरपालिका–७ शिखरपुरमा पुस २७ को साँझ किशोरी आफ्नी साथीसँग निस्केकी थिइन् । शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी अर्की किशोरी ‘केटा साथी’ ले बोलाएको भन्दै छुटिन् । साथी छुट्दा जङ्गलछेउको चउरमा ४ जना केटा मान्छेसँग भेट भैसकेको थियो । उनीहरू हुन्, उदयपुर ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालक । उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्छन् ।

आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन् । आरोपीहरू चउरमा बसेर मदिरा पिउन थाले । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चउरमा दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । त्यसपछि उनीहरू किशोरीलाई घटनास्थलमा छाडेर भागेका हुन् । घटनामा संलग्न चारै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖