• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसकारण भोलि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक बिदा घोषणा गरिएको छ । प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको कार्यबाहक नगरप्रमुख इसरत परविनले जानकारी दिए ।,

उनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जानकारी गराएकी हुन् ।

सूचनामा सो दिन नगरपालिका भित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न पनि अपिल गरेको छ ।

भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖