• Friday 9th of October 2026

न्युजिल्यान्डविरूद्ध नेपालका ओपनिङ ब्याटर अर्जुनको अर्धशतक


  • धनकुटा खबर
  • .

आइसिसी यू-१९ विश्वकपअन्तर्गत न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।

नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएका छन्। अर्जुनले २६औं ओभरमा अर्धशतक पूरा गर्ने क्रममा ७३ बल खेल्दै ६ चौका प्रहार गरे। सो ओभरमा नेपालले १२३ रन पूरा गरेको थियो।
खराब सुरुवात गरेको नेपालका ओपनर दीपक बोहरा पहिलो ओभरमै शून्यमा आउट भए भने छैटौं ओभरमा आउट आकास त्रिपाठीले २ रन मात्र जोड्न सके।

त्यसपछि कप्तान देव खनालले ३६ रन जोडेपछि नेपालको रन स्कोर बढेको थियो। उनी ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै १६औं ओभरको अन्तिम बलमा आउट भए। लगत्तै अर्को ओभरमा उत्तम थापा खाता नै नखोली पेभिलियन फर्के। यस्तै गुल्सन झा २०.२ ओभरमा २ रनमा आउट भएका छन्।

यस्तै छैटौं विकेटको रुपमा दिपक बोहरा ‘बी’ लाई १५ रनमा गुमायो। उनी २८.३ ओभरमा आउट हुँदा नेपालले ६ विकेटको क्षतिमा १३१ रन जोडेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖