• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

शनिबारदेखि बेपत्ता युवक मृत भेटिए


  • धनकुटा खबर
  • .

धनगढी । डोटीमा हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् ।

बडिकेदार गाउँपालिका–२ असुरा बस्ने २२ वर्षीय राजिब मास्की मगर आइतबार दिउँसो पातलको भिरको अन्दाजी ७०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी शनिबार दिउँसोदेखी हराई बेपत्ता भएका थिए । मगरको खोजतलास गर्ने क्रममा उनको शव फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖