• Tuesday 6th of October 2026

अस्ट्रेलियाले बन्द गर्यो यस्तो भिसा


  • धनकुटा खबर
  • .

अस्ट्रेलियाले धनीमानीलाई दिने ‘गोल्डेन भिसा’ बन्द गरेको छ। यो मुलुकले विदेशी लगानीकर्तालाई बसोबासको अधिकार दिँदै आएको थियो।

विदेशी व्यवसायलाई मुलुकमा आकर्षित गर्न सो व्यवस्था गरिएको थियो। तर, त्यसले ‘अर्थतन्त्रमा खराब परिणाम’ दिएको फेला परेपछि सरकारले बन्द गराएको हो।

यो व्यवस्थाका आलोचकहरुले यसको दुरुपयोग गरेर भ्रष्ट अधिकारीहरुले अवैध धन थुपारेको आरोप लगाउँदै आएका थिए।

यो भिसाको सट्टा दक्ष कामदारको भिसा थप गरिनेछ।

‘सिग्निफिकेन्ट इन्भेस्टर भिसा’ भनेर २०१२ देखि धनीमानीका लागि हजारौँ भिसा दिइएको थियो। त्यसमध्ये ८५ प्रतिशत सफल आवेदक चीनबाट आएको आँकडा देखिन्छ।

त्यसका लागि उनीहरुले ५० लाख अस्ट्रेलियन डलर लगानी गर्ने व्यक्ति आवेदनका लागि योग्य हुने व्यवस्था थियो।

तर, लक्ष्य प्राप्त गर्न यो कार्यक्रम असफल भएको सरकारको निष्कर्ष छ। त्यसैले नयाँ नीतिमा सरकारले यो कार्यक्रम बन्द गर्ने बताएको छ। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖