गायिका एलिना चौहानले स्टेजबाट “धोकेबाज हौ तिमी” गीत गाउदै गर्दा अगाडि दर्शकदिर्घबाट स्वरमा स्वर मिलाउदै आफ्ना धोकेबाजहरुलाई दर्शकले सम्झिन्थे ।
अहिले त्यही दर्शक झै भएकी छन् लोकप्रिय गायिका एलिना चौहान । अर्थात उनको पनि रियलमै धोकेबाज निस्कियो । एलिनाको एक वर्षदेखीको प्रेममा पुर्णविराम लागेको छ । उनको अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग प्रेम थियो ।
सापकोटासंग विवाहको समेत सोचाइमा पुगेकी गायिका एलिनाको यतिबेला ब्रेकअपको खबर सार्वजनिक भएको छ । एलिनाले आफुहरुको प्रेमलाई स्वीकार समेत गर्दै आईरहेकी थिइन् । एलिनाले करिब १० महिना अघि आफ्नो इन्स्टाग्राम एकाउन्टमा बिष्णुसंग खुशीमुद्रामा रहेको एक पोस्टर सहित प्रेममा परेको संकेत दिने स्ट्याटस पोस्ट गरेकी थिइन् ।
अहिले उक्त पोस्ट समेत इन्स्टाग्रामबाट हटाएकी छन् । यसर्थ पनि उनिहरुको ब्रेकअप भएको अड्कल सजिलै गर्न सकिन्छ ।
