• Tuesday 6th of October 2026

अजयको यो फिल्मले लगानी पनि उठाउन सकेन


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता अजय देवगन चर्चामा छन्। यो वर्ष उनका ४ फिल्म प्रदर्शन हुँदैछ।

उनी फिल्म ‘सिंघम अगेन’ मा देखिँदैछन्। फिल्मको प्रचारमा कम देखिने उनका एउटा फिल्म त्यस्तो छ, जुन फिल्मले लगानी पनि उठाउन सकेन।
७५ करोड भारू बजेटमा बनेको फिल्म ‘रनवे ३४’ सन् २०२२ मा फ्लप भएको थियो। यो फिल्मले बक्स अफिसमा बजेटभन्दा कम कमाएको थियो। यो फिल्ममा अमिताभ बच्चन, रकुलप्रीत सिंह र बोमन इरानीले समेत अभिनय गरेका थिए।

अजयले यो फिल्ममा विक्रान्त खन्नाको भूमिका निर्वाह गरेका थिए। फिल्म प्रदर्शन भएपछि सकारात्मक प्रतिक्रिया आएको थियो। तर सिनेमाघरमा फिल्मले राम्रो प्रदर्शन गर्न सकेन। यो फिल्मले ५३ करोड ७७ लाख भारू कमाइ गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖