• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसरी आफ्नै कार्यलयमा कुटिए खाद्य प्रविधि कार्यालय हेटौंडाका हाकिम


  • धनकुटा खबर
  • .

हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रमुख डा. क्षतिज श्रेष्ठ आफ्नै कार्यलय परिषरमा कुटिएका छन् । आफ्नै कार्यकक्षमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले आइतबार कार्यकक्षमै कुटपिट गरेको हो ।

विगत १८ वर्षदेखि कार्यलयमा कार्यरत कार्यलय सहयोगी शोभा पोडेको करार नवीकरणको विषयमा विवाद हुँदा कार्यलय प्रमुख श्रेष्ठमाथि कुटपिट भएको हो । १८ वर्षबाट नियमित काम गरेकी पोडेलाई श्रेष्ठले नवीकरण गर्न नमानेपछि उनको श्रीमान सहितको टोलीले कुटपिट गरेका हुन् ।

कुटपिट पछि प्रमुख श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनको उजुरीको आधारमा प्रहरीले शोभाको श्रीमान रमेश पोडेलाई पक्राउ गरि थप आक्रमणकारीलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेकालाइ ७ दिन म्याद थपिएको प्रबक्ता भण्डारीले बताए ।

उनीहरुविरुद्ध अभद्र ब्यबहारमा मुद्दा दायर भएको र घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖