• Tuesday 6th of October 2026

‘ब्रेकअप’बारे एलिना: समाचारको हेडलाईन बन्न तयार थिइन, मेरो इच्छाबिरुद्ध आयो


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलीना चौहानले आफ्नो निजी जीवनको बारेमा आएका समचारबारे खेद प्रकट गरेकी छन् ।

प्रेमी विष्णु सापकोटासँग भर्खरै ब्रेकअप भएको समचार विभिन्न मिडियाबाट सार्वजनिक भएपछि उनले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् । आफ्नो धारण सार्वजनिक गर्दै चौहानले आफू यस्ता समाचारको हेडलाईन बन्न तयार नभएको र आफ्नो इच्छाविरुद्ध यस्ता समचार आएको भन्दै खेद व्यक्त गरेकी हुन् ।

‘म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन’ उनले भनेकी छन् ।

उनले आफ्नो बारेमा समचार लेख्नेलाई सोधेकी छन् ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ? के कसैलाई मैले बनाउन लगाएको हो ? कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् । र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् । मानौ मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ’ । उनले भनेकी छन् ।

‘म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु,कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नुहुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुर्याएको छ ? के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट’ उनले आक्रोश व्यक्त गर्दै भनेकी छन् ।

हजुरहरुको खोजि पत्रकारीताले मैले भोगेका दुःख, पिडा,अपमान किन देख्दैन’ ? उनले प्रश्न गरेकी छन् ‘थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले । त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दर्वेवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?’ उनले सोधेकी छन् ।

लोकदोहोरी प्रतिष्ठाने अष्ट्रेलिया शाखाका अध्यक्ष रहेका सापकोटा र चौहान गत वर्षदेखि प्रेममा रहेका थिए । तर, केहि समयअघि उनीहरुबीचको सम्बन्धमा दरार आएको आशंका गरिएको थियो । आशंकाकैबीच एलिना र विष्णुको ब्रेकअपको समचार सार्वजनिक भएका थियो ।

जादुमयी स्वरकी धनी एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖