• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै घरको ५ ‌‌औँ तलाबाट हाम फालेका अग्रवालको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढीमा आफ्नै घरको ५ ‌‌औँ तलाबाट हाम फालेका अग्रवालको मृत्यु
धनगढी । धनगढीमा आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अग्रवालले बुधबार बिहान करिब साढे ११ बजे आफ्नै घरको पाँचौँ तलाबाट हाम फालेका थिए । त्यसलगत्तै उपचारका लागि अग्रवाललाई नवजीवन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो । अग्रवालको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖