• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा छिटपुट वर्षा, केही ठाउँमा हिमपात


  • धनकुटा खबर
  • .

काठमाडौंका केही ठाउँमा बुधबार दिउँसो छिटपुट वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका चाबहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटपुट वर्षा भएको हो।

‘एक दुई स्थानमा छिटपुट वर्षा भएको हो, केही बेर पानी पर्‍यो र रोकियो,’ उनले भने।

उनकाअनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो। काठमाडौंको आकाश बुधबार दिउँसो धुम्म परेको छ। अन्य दिनको तुलनामा आज चिसो केही बढी महसुस भएको छ।

काठमाडौंबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। झाका अनुसार मनाङमा पछिल्लो ६ घन्टामा २.५ मिलिमिटर र ताप्लेजुङमा १.५ मिलिमिटर वर्षा भएको छ।

मनाङको हुम्डे, गोरखाको लाप्राक, सोलुखुम्बुको लुक्ला, हुम्ला लगायत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद झाले जानकारी दिए।

उनले अहिले नै हिउँदे वर्षा गराउने प्रणाली भने सक्रिय नभएको बताए। ‘पश्चिमी वायुको सामान्य प्रभाव हो, वर्षा गराउने प्रणाली अझै सक्रिय भइसकेको छैन,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖