• Tuesday 6th of October 2026

इन्डियन आइडलमा सहभागी मेनुका पौडेलको उपचार हुँदै, अब मान्छे चिन्न र पढ्न सक्ने!


  • धनकुटा खबर
  • .

इन्डियन आइडलमा नेपालकी मेनुका पौडेल उत्कृष्ट १० मा परेकी छन्।
दृष्टिबिहीन मेनुकाको कार्यक्रमकै सहयोगमा उपचार पनि भइरहेको छ।

आइतबारको इन्डियन आइडलको एपिसोडमा दिइएको जानकारी अनुसार उनी अब पहिलेभन्दा सजिलोसँग पढ्न सक्ने भएकी छन्।
त्यस्तै अब अरूको सहयोगमा हिँड्नुनपर्ने भएको छ।

आँखाको उपचार भइरहेको र उनले राम्रोसँग देख्न नसके पनि एक्लै हिँड्न, मान्छे चिन्न र किताब पढ्न सक्ने भएकी जानकारी कार्यक्रममा दिइएको थियो।

उनको उपचार गर्ने डाक्टरका अनुसार मेनुकाले अब प्रस्ट देख्ने सम्भावना भने छैन। तर उनले विशेष उपकरणको सहयोगमा आफू अगाडिका मान्छे चिन्न सक्ने र धेरै कुरामा अरूको सहायता लिननपर्ने डाक्टरले बताए।

आँखामा भएको समस्याका कारण उनले पूर्ण रूपमा भने देख्न नसक्ने डाक्टरले बताएका हुन्। आइतबारको एपिसोडमा उनको प्रस्तुतिपछि उपचार गरेको भिडिओमार्फत जानकारी दिइएको थियो।

पछिल्लो समय उनी आफ्नो गायनमार्फत सामाजिक सञ्जालमा भाइरल भएकी छन् र सकारात्मक प्रतिक्रिया पनि पाइरहेकी छन्।

इन्डियन आइडलमा सहभागी भएकै बेला उनको प्रस्तुति धेरैले मनपराए। उनले ‘सलार’ फिल्म गीत गाउने अवसर पनि पाइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖