• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाण्डौसहित देशभर चिसो बढ्यो, काठमाण्डौमा आजको न्यूनतम तापक्रम ३ डिग्री


  • धनकुटा खबर
  • .

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो ।

यसअघि गएको सोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖