• Tuesday 6th of October 2026

अयोध्याको राम मन्दिरमा अझै ११ वटा मन्दिर बनाउन बाँकी


  • धनकुटा खबर
  • .

अयोध्या। गत २२ जनवरीमा रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भयो। जसअनुसार हिजो देखि सर्वसाधारणका लागि रामललाको दर्शन सुरु भएको छ। नयाँ राम मन्दिरमा दर्शन गर्न भक्तजनको भीड लागेको छ।

तर नयाँ राम मन्दिर निर्माणमा अझै धेरै काम बाँकी छ। जानकारी अनुसार दोस्रो तला निर्माण हुन बाँकी छ । शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ।

शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ। दोस्रो तल्लामा राम परिवार स्थापना हुन बाँकी छ। जानकारी अनुसार राम–सीता दोस्रो तलामा बस्नेछन्। साथमा भारत, लक्ष्मण, शत्रुघ्न र हनुमानजीको मुर्ति स्थापना गरिने छ।

श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजी महाराजका अनुसार नयाँ राम मन्दिर परिसरमा जम्मा १३ वटा मन्दिर निर्माण गरिने बताए। जसमा पाँच प्रमुख देवताहरू (गणपति, सूर्य, शिव, विष्णु र देवी) को मन्दिरहरू समावेश छन्। नयाँ राममन्दिर परिसरमा ६ वटा मन्दिर र कम्प्लेक्स बाहिर ७ वटा मन्दिर निर्माण गरिने उनले बताए।

हनुमानजीको छुट्टै मन्दिर बनाइने छ। सीता रसोई रहेको ठाउँमा अन्नपूर्ण माताको स्थापना हुनेछ। त्यहाँबाट सर्वसाधारणले मन्दिरको प्रसाद पाउनेछन्।

श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजीका अनुसार अहिलेसम्म करिब ११०० करोड रुपैयाँ खर्च भइसकेको छ भने पूरै मन्दिर निर्माणमा १४ सय करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उनका अनुसार अझै ३०० करोड रुपैयाँ बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖