• Monday 5th of October 2026

एभोकाडो खानु को फाइदाहरु ?


  • धनकुटा खबर
  • .

एभोकाडो एउटा पोषिलो फल हो जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो फलमा विभिन्न २० थरिका भिटामिन तथा खनिज पाइन्छ । जसले विभिन्न प्रकारका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पुर्‍याँउछ । एभोकाडो मोटोपन, मधुमेह, मुटुको रोग कम गर्नको लागि सहयोगी मानिन्छ । तैपनि, सबैलाई यो फलको स्वाद मन नपर्न सक्छ । मन नपरे पनि स्वास्थ्यप्रति सजग रहनेहरूले भने एभोकाडो खान रुचाउँछन् ।

एभोकाडोको पातले रगतमा चिनीको मात्रा कम गर्न सहयोग पुर्‍याउँछ । साथै फाइवरयुक्त एभोकाडोले कब्जियत हुन दिँदैन र पाचनप्रणालीलाई समेत स्वस्थ बनाउँछ । यसमा हुने एन्टी अक्सिडेन्टले आँखाको दृष्टि सुधार्न मद्दत गर्छ ।

एभोकाडो खानुका फाइदा
– मधुमेह बाट बचाउँछ
– आँखालाई स्वस्थ राख्छ
– रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ
– वजन घटाउन सहयोग गर्छ
– उच्च रक्तचापलाई घटाउँछ
– हृदयघात र मृगौलासम्बन्धि रोगबाट बचाउन सहयोग पुर्‍याउँछ
– पाचन प्रणालीलाई स्वस्थ राख्छ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖