• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जनमुक्ति सेनाका पूर्वकमाण्डर ‘मार्सल’ ले नै चरेस ओसारपसार गरेपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट पक्राउ परेका हुन् ।

जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठले रातोपाटीलाई बताइन् ।

उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागुऔषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा.बावुराम भट्टराईले मार्सललाई जनयुद्धकालीन मुद्दामा पक्राउ गरिएको दाबी गरेका छन् । तर, प्रहरी अधिकारीहरू उनलाई जनयुद्धको मुद्दामा पक्राउ नगरिएको बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖