• Tuesday 6th of October 2026

अयोध्याको श्रीराम मन्दिरलाई पहिलो दिन ३.१७ करोड दान प्राप्त


  • धनकुटा खबर
  • .

काठमाडौं । अयोध्याको श्रीराम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए ।

पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख रुपैयाँ चन्दा आएको थियो ।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ चन्दा प्राप्त भएको बताए ।

राज्य सरकारद्वारा जारी विज्ञप्तिमा, जिल्ला मजिस्ट्रेट नितिश कुमारले भने “अभिषेक समारोहको दोस्रो दिन बुधबार राति १० बजेसम्म २.५ लाख भन्दा बढी भक्तहरूले मन्दिरको दर्शन गरे।”

पहिलो दिन पाँच लाख मानिसले दर्शन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖