• Tuesday 6th of October 2026

ब्लड क्यान्सर निको पार्न भन्दै नदीमा डुबाउँदा बालकको मृत्यु


  • धनकुटा खबर
  • .

ब्लड क्यान्सर निको हुने विश्वासले बालकलाई नदीमा डुबाउँदा मृत्यु भएको छ । घटना भारतको उतराखण्डस्थित हरिद्वारको हो ।

७ वर्षीय ती बालकलाई बुधबार अभिभावकले गंगा नदीमा डुबाएको भारतीय मिडियाले जानकारी दिएका छन् ।
भारतीय समाचार एजेन्सी एआनआइले दिएको खबर अनुसार बालकका अभिभावक दिल्लीमा बस्दै आएका थिए । बालकलाई ब्लड क्यान्सरको समस्या थिए । ती बालकले क्यान्सरलाई जित्न नसक्ने निष्कर्ष डाक्टरले निकालेका थिए । पवित्र गंगा नदीमा डुबाएपछि चमत्कारिक रुपमा बालकको रोग निको हुन्छ भनेर कसैले सुनाएपछि विश्वासमा परेर अभिभावकले हरिद्वार ल्याएका थिए ।

बुधबार हर्कीपौरी स्थित किनारमा आएर बालकलाई नदीको पानीमा डुबाइएको थियो । बालककी काकीले उनकै बुबा, आमाको अगाडि बालकलाई नदीमा चोपलेकी थिइन् । सुरुमा बालक चिच्याएर रोइरहेका थिए । केही छिनपछि रुन बन्द गरे। ५ मिनेट जति पानीमा डुबाइएको प्रत्यक्षदर्शी जानकारी दिएका छन्। बच्चालाई उद्धार गरी अस्पताल लगिएको थियो। अस्पतालले बच्चाको मृत्यु भइसकेको घोषणा गर्‍यो।

घटना भएको नजिकै हर्कीपौरी प्रहरी स्टेसन थियो । प्रत्यक्षदर्शीले प्रहरीलाई समेत खबर गरेका थिए । केही प्रत्यक्षदर्शीले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

बालकका अभिभावकलाई हिरासतमा राखी अनुसन्धान भइरहेको हर्कीपौरी प्रहरी स्टेसनका प्रमुख स्वतन्त्र कुमारले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖