• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं – आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा सर्लाही प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । हरिवन नगरपालिका- ११ घर भइ हरिवन- १० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपेर गएको बुधबार किशोरीको घर पुगेका कार्कीले किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो ।

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖