• Tuesday 6th of October 2026

टिकटकमा आउँदै अब नयाँ फिचर


  • धनकुटा खबर
  • .

काठमाडौँ– नेपालमा सरकारले टिकटक चलाउनमा प्रतिबन्ध लगाएको छ तापनि कतिपय मानिसहरूले विभिन्न एपहरूको प्रयोग गरेर टिकटक चलाइरहेका छन् ।

यस्तोमा भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले फेरी नयाँ फिचर थप्ने भएको छ । नयाँ फिचर आएपछि टिकटकमा भिडियो सेभ गर्न चाहने प्रयोगकर्ताहरूले वाटरमार्क बिनै भिडिओ सेभ गर्न पाउने भएका छन् ।

सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले हालै एक्समा एक पोस्ट राख्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको खुलासा गरेका हुन् ।

हालसम्म टिकटकबाट कुनै पनि भिडिओ डाउनलोड गर्दा क्रियटरको युजरनेम सहितको वाटर मार्क देखिने गरेको छ । वाटर मार्क बिनाको भिडिओ डाउनलोड गर्न सकिने फिचर आएपछि प्रयोगकर्ताले जुनसुकै प्लेटफर्ममा सो भिडिओ अपलोड गर्न सक्नेछन् ।

विश्लेषक नभर्राका अनुसार टिकटकले क्याप्सन एडिट गर्न सकिने फिचर पनि ल्याउन लागेको छ । यसअघि क्याप्सनमा केही बिग्रिए भिडिओ नै डिलिट गरेर पुनः अपलोड गर्नुपर्ने बाध्यता थियो ।

त्यस्तै टिकटकले अटो स्क्रोल फिचर पनि ल्याउन लागेको छ । पछिल्ला केही महिनादेखि टिकटकले परीक्षण गरिरहेको यस्तो स्क्रोलिङ फिचर छिट्टै आउने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖