• Tuesday 6th of October 2026

बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि पनि बिरामी भएका चार्ल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖