• Friday 9th of October 2026

नेपाली खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको आइसिसीको ठहर, चलायो कारवाहीको डण्डा !


  • धनकुटा खबर
  • .

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले नेपालका एक खेलाडी माथि कारवाही गरेको छ। आईसीसी यू–१९ विश्वकप खेलका दौरान आचारसंहिता उल्लंघन गरेको भन्दै आइसिसीले नेपालका एक खेलाडीलाई कारवाही गरेको हो।

आइसिसीको कारवाहीमा परेका नेपाली खेलाडीमा सुवास भण्डारी रहेका छन्। यू-१९ विश्वकपको दोस्रो खेलमा पाकिस्तानको सामना गर्दा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुवास भण्डारीलाई कारवाही गरिएको बताइएको छ।

सुवास भण्डारीले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आईसीसी आचारसंहिताको धारा २.९ उल्लङ्घन गरेको पाइएको आइसिसीले जनाएको छ। त्यसै कारण भण्डारी कारवाहीमा अपरेका छन्।

पाकिस्तानविरुद्ध १४औं ओभरको अन्त्यमा भण्डारीले ब्याटर शाहजाइब खानतर्फ अनुपयुक्त रूपमा बल फ्याँकेका थिए। सो बल शाहजाइब खानको काँधमा ठोक्किएको थियो।

आइसिसीको कारवाही संगै सुवास भण्डारीको एक डिमेरिट पोइन्ट थपिएको छ। उक्त डेमेरिट प्वाइन्ट दुई वर्ष सम्म रहनेछ। यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डिमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖