• Tuesday 6th of October 2026

विश्वकै धनी बने बर्नार्ड, विनोद चौधरीको सम्पत्ति कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा फ्रान्सेली व्यापारी तथा लक्जरी ब्राण्ड लुँई भिटोँका संस्थापक बर्नार्ड अर्नाल्ट पहिलो बनेका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम बिलेनियर्स इण्डेक्सका अनुसार एलभीएमएचका अध्यक्ष अर्नाल्टको सम्पत्ति २०७ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । उनको सम्पत्ति शुक्रबार एकै दिन २३ अर्ब ६० करोड डलरले बढेसँगै उनी पहिलो स्थानमा पुगेका हुन् ।

यस्तै, अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कको सम्पत्ति २०४ अर्ब ७० करोड डलर रहेको छ । उनी धनीको सूचीमा दोस्रोे स्थानमा छन् ।

तेस्रो स्थानमा अमेरिकी अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस छन् । उनको नेटवर्थ १८१ अर्ब ३० करोड डलर रहेको छ ।

नेपालका एक मात्र डलर अर्बपछि विनोद चौधरी १६३७ औँ स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति एक अर्ब ८० करोड डलर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖