• Tuesday 6th of October 2026

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय


  • धनकुटा खबर
  • .

स्लामावाद, माघ १६ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।

त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ। ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो ।

खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो ।

प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खानले भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका रहनु भएको छ । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गर्नुभएको छ ।

गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ जसमा उहाँलाई उम्मेदवार हुन निषेध गरिएको छ।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

खानलाई अगस्टदेखि हिरासतमा राखिएको जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो । बिबिसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖